करिब ८० प्रतिशत उम्मेदवारले अझै खोलेनन् बैंक खाता

४ फाल्गुन २०८२, सोमबार १७:३४

काठमाडौँ ।  निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम बैंकमार्फतै व्यवस्थापन गर्ने निर्वाचन आयोगको निर्णयअनुसार हालसम्म ६ सय ७१ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन्। आयोगका अनुसार कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये यो करिब २० प्रतिशत मात्र हो।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार खर्च अनिवार्य रूपमा बैंकमार्फतै जम्मा र खर्च गर्नुपर्ने व्यवस्था अघि सारेको छ। सोही अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उम्मेदवारको खाता खोल्न सहज बनाउने परिपत्र जारी गरेको थियो।

देशभर अहिले राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया सुरु गरेका छन्। यसक्रममा देखिएका समस्या र चुनौतीको बारेमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने योजना बनाएको छ।

सोमबार आयोगले बैंक खाता सञ्चालन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले प्रदान गर्नुपर्ने सहजीकरणबारे छलफल कार्यक्रम पनि आयोजना गरेको थियो। बैंक तथा वित्तीय संस्थाहरूले यस प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोगले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*