विश्वकै खतरनाक मिसाइल नष्ट गर्ने चिनियाँ पानी जहाज इरान नजिकै, स्वीजरल्याण्डको वार्तामा विश्वको ध्यान

काठमाडौं । यदि चिनियाँ जनमुक्ति सेनाको कमाण्डमा रहेको विश्वकै खतरनाक मिसाइल नष्ट गर्ने भयानक पानी जहाज मध्यपूर्वमा तैरिएको नदेखेको भए अमेरिकाले इरानसँग वार्ता नभई सिधैं युएसएस अब्राहम लिङ्कन पानी जहाजको शक्तिले सोझै बम र मिसाइल दागिसकेको हुने थियो ।
घट्नै यसै महिनाको हो । जब अमेरिकाले पहिलो लडाकु बिमान समेतको युद्धपोत मध्यपूर्वतर्फ सोझिदै थियो, त्यति नै बेला चिनियाँ मिसाइल डिस्ट्रोयरले आफ्नो विश्वकै शक्तिशाली राडार जडिट अर्को जहाजको साथमा मध्यपूर्वतर्फ अघि बढिरहेको थियो । एक अर्काका सूचना लिन माहिर यी दुवै शक्ति राष्ट्रले मध्यपूर्वमा चिनियाँ सैन्य जहाजको उपस्थिति त्यो पनि अत्याधुनिक हतियारसहित भन्ने सन्देश ह्वाईटहाउस पुगे लगत्तै अमेरिका रक्षात्मक बन्न बाध्य भयो । अहिलेले अहिले नै चीनसँग युद्ध गर्न चाहेको छैन न रसियासँग नै । ०५५ क्लास डिस्ट्रोयर र लेवाङ स्पेश ट्रयाकिङ जहाजलाई मध्यपूर्वमा तैनाथ गरेको मिलिटरी वाच म्यागेजिनले जनाएको छ ।
मध्यपूर्वमा रसियाको उपस्थिति हुने सोचेको अमेरिकाले चीनको प्रत्यक्ष उपस्थिति आफैले आफ्नै आँखा अगाडि देखेपछि यतिबेला अमेरिकी सैन्य रणनीति अन्योलग्रस्त र अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ । आज स्वीटजरल्याण्डको जेनेभामा अमेरिका र इरानबीचमा अप्रत्यक्ष वार्ता हुँदैछ । आज हुने अनौपचारिक वार्तामा आर्थिक लाभको एजेण्डा समेत अघि सारिएको छ । इरानले औद्योगिक तथा औषधीका लागि आणविक उर्जा उत्सर्जन गर्न पाउनुपर्ने चट्टानी अडान कायमै राखेको छ ।

इरानमाथि दवाव बढाउन अमेरिकाले दोस्रो युद्धपोतलाई मध्यपूर्वतर्फ सोझ्याएको छ । तर, इरानले अमेरिकी धम्कीलाई सामान्य रुपमा लिँदै हर्मुजको खाडीमा आजैबाट जलसैन्य अभ्यास सुरु गरेको छ । सैन्य अभ्यास गरेर इरानले अमेरिकालाई खुलेआम चुनौति दिएको छ । पछिल्लो समय इरानले निकै रहस्यमय तरिकाले अमेरिकालाई युद्धका लागि प्रेरित गर्दै आएको देखिन आएको छ । गाजामा प्यालेस्टाईनी जनतामाथि गरेको क्रूर, आमनरसंहारकारी घटनामा अमेरिका इजरायलको सारथी बनेकै कारण इरानले अमेरिका वा इजरायलसँग युद्ध लडेरै छोड्ने मनस्थितिमा देखिन्छ । आज स्वीटजरल्याण्डको राजधानी जेनेभामा हुने वार्ता अघि इरानले हर्मुजको खाडीमा विशाल सैन्य अभ्यास गरेर अमेरिकी सैन्य शक्तिलाई खुलेआम चुनौति दिएको छ ।
आवश्यक परेको खण्डमा आणविक हतियारका लागि केवल ३६ घण्टा मात्रै आवश्यक भएको दावी गरेको इरानसँग अमेरिकाले सम्भवतः अन्तिम वार्ता गर्दैछ । तर, यो प्रतिष्ठाको लडाईमा अमेरिका जसरी पनि हार्ने देखिन्छ । वार्ता असफल भएको अवस्थामा अमेरिका सामू इरानमाथि सैनिक आक्रमण गर्ने विकल्प मात्रै बाँकी रहन्छ । तर, त्यहाँ चिनियाँ युद्धपोतको उपस्थिति समेत रहेकोले अमेरिकाको लागि त्यति सहज भने हुनेछैन । युद्ध नगरी फर्कदा पनि अमेरिकी सैन्य शक्ति इरान सामू हारेको ठहरिने छ । युद्ध गर्दा पनि इरानले मध्यपूर्वमा रहेका ४० हजार सेना, अमेरिकी युद्धपोत नै समुन्द्रमा डुबाएर पत्तासाफ बनाउन नसक्ला भनेर भन्न सकिने अवस्था छैन ।
मध्यपूर्वमा चीनियाँ उपस्थितिका कारण पनि यस पटक अमेरिकाका लागि परिस्थिति त्यति सहज भने छैन । चीनले आफ्नो एक चीन नीति विपरित ताईवानी सेनालाई अमेरिकाले गरिरहेको सहयोग चीनका लागि त्यति चित्त बुझिरहेको छैन । चिनियाँ फाईज जी र सिक्स जी प्रविधियुक्त हाईटेक प्रविधिको सहयोगमा इरानले गर्नसक्ने सैन्य आक्रमणले यस पटकको खाडी युक्त विश्व राजनीतिमा निकै अर्थपूर्ण हुनेछ ।
यसैबीच, चिनियाँ स्याटेलाईटले जोर्डनमा अमेरिकाले स्थापना गरेको अत्याधुनिक मिसाइल डिफेन्स सिष्टमको तस्विर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा यसले ठूलो अर्थ राख्दछ । दुई देशका बीचमा तनाव बढिरहेको बेला जोर्डनमा अमेरिकाले स्थापना गरेको थाड एन्टी मिलाइसल (मिसाइल प्रतिरोधी) सिष्टमको तस्विर सार्वजनिक गरिदिएको छ । कुटनीतिमा यसको अर्थ मध्यपूर्व चीनको निगरानीमा रहेको भन्ने हुन्छ । चीनले यसैगरी सबै सूचनाहरु इरानलाई उपलब्ध गराइरहेको समेत यस घटनाले पुष्टि गर्दछ । किनभने इरान र चीनबीचमा सूचना आदान प्रदान सम्झौता केही बर्ष पहिले भइसकेको छ ।
भेनेजुयलामा गरेको सफल सैनिक कारवाहीपछि युद्धउन्मादमा रहेको अमेरिका मध्यपूर्वमा नचाहेर युद्ध गर्नुपर्ने अवस्थामा पुगेको छ । व्यापार डिल मात्रै गरेर छोडेको अवस्थामा पनि व्यापारको लागि सैनिक प्रयोग गरेको आरोप लाग्नेछ भने युद्धमा थोरै मात्रै आत्मविश्वास गुमाएको अवस्थामा उसको विश्व प्रभावमाथि प्रश्न चिन्ह उठ्नेछ ।
पछिल्लो समयमा इरानले रसियालाई गरेको कामीकाजे ड्रोन सहयोग र त्यसको बदलामा रसियाबाट आउने सैन्य सहयोगको त हिसाब किताब बाँकी नै छ । यस्तो अवस्थामा अमेरिकाले चाहेको परिणाम निकाल्न मध्यपूर्वमा निकै कठिन मात्रै नभई फलामको च्यूरा चपाउनु सरह हुनेछ ।
उता, मध्यपूर्वमा युद्ध भड्किएको अवस्थामा क्षेत्रिय युद्धले लाखौं नेपालीहरु प्रभावित हुने खतरा पनि उत्तिकै छ । मध्यपूर्वको ओमान, बहराईन, साउदी, कतार, युएई, कुवेत र इरानमा रहेका नेपालीहरुर्लाइ स्वदेश फर्काउने सम्बन्धमा नेपालले ठोस पहल गर्न सक्ने देखिदैन ।












