सुपर खुदी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै ७ लाखले दिए आवेदन

काठमाडौँ । सुपर खुदी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् फागुन ५ गते कम्पनीको आईपीओमा ६.१६ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको आइपीओमा ७९ करोड २५ लाख ४० हजार रुपैयाँ बराबरको ७९ लाख २५ हजार ४०० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आइपीओमा ७ लाख ८ हजार ४९० जनाले आवेदन दिएका छन् ।
कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर जारी गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन १९ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।












