बंगलादेशमा तारिक रहमानले लिए प्रधानमन्त्रीको सपथ

५ फाल्गुन २०८२, मंगलवार १७:४०

काठमाडौँ ।  बंगलादेशमा हालै सम्पन्न आम निर्वाचनपछि बहुमत हासिल गरेको बंगलादेश नेशनललिष्ट पार्टी (बिएनपी)का नेता तारिक रहमानले प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार राजधानी ढाकामा आयोजित समारोहमा रहमानसहित नवनियुक्त मन्त्रीहरूले सपथ लिएका हुन्। रहमानले मंगलबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

गत १२ फेब्रुअरीमा सम्पन्न निर्वाचनमा बंगलादेश नेशनललिष्ट पार्टीले ३०० सिटमध्ये २१२ सिटमा विजय हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो। यसअघि तत्कालीन प्रधानमन्त्री शेख हसिना आन्दोलनका कारण अपदस्थ भएको १४ महिनापछि निर्वाचन भएको हो।

नवनियुक्त प्रधानमन्त्री रहमान पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। उनी करिब तीन महिनाअघि मात्र निर्वाचन प्रयोजनका लागि स्वदेश फर्किएका थिए। पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका रहमानले पार्टी नेतृत्वसँगै देशको कार्यकारी नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*