बनेपामा टिप्परको ठक्करबाट स्कूटर चालकको मृत्यु भएपछि तनावग्रस्त

६ फाल्गुन २०८२, बुधबार १०:४५

काठमाडौं । अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा टिप्परले स्कूटरलाई ठक्कर दिंदा स्कूटर चालको ज्यान गएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ।

बनेपाको दूरसञ्चार नजिकै भएको दुर्घटनामा स्कूटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिप्परले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कूटरलाई बुधबार बिहानै ठक्कर दिएको थियो।

दुर्घटनापछि सो क्षेत्रका स्थानीय आक्रोशित भई टिप्परमाथि जाइलागेका छन् भने उक्त सडक खण्ड नै तनावग्रस्त भई सवारी आवागमन नै अवरुद्ध भइरहेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन खोजिरहेको छ भने आक्रोशित भीडले टिप्परमा आगो लगाइदिएका छन्।

त्यहाँको स्थिति सम्हाल्न ठूलो संख्यामा प्रहरी खटाइएको छ भने आक्रोशित स्थानीय प्रहरीमाथि नै जाइलागेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*