नासा सेक्यूरिटीजद्धारा मार्जिन ट्रेडिङ कारोबार शुरु

६ फाल्गुन २०८२, बुधबार ११:१५

काठमाडौं । नासा सेक्यूरिटीजले मार्जिन ट्रेडिङ कारोबार शुरु गरेको घोषणा गरेको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ लागु गरेपश्चात नासाले शेयर ब्रोकरबाटै कर्जा लिएर शेयर खरिद गर्न सक्ने सुविधा दिन शुरु गरेको हो ।

कम्पनीका अनुसार अब लगानीकर्ताहरूले नासा सेक्यूरिटीजबाट ऋण लिएर शेयर खरिद गर्न सक्नेछन्, जसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउनेछ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहक–मैत्री बनाइएको कम्पनीले बताएको छ ।

नासाले मार्जिन कारोवार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*