सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

६ फाल्गुन २०८२, बुधबार १३:१०

काठमाडौं । आज सार्वजनिक बिदामा पनि राहदानी विभागले आफ्नो सेवा जारी राखेको छ ।

विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ ।

सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने विभागले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*