आज प्रजातन्त्र दिवस मनाइँदै

७ फाल्गुन २०८२, बिहीबार १०:०८

काठमाडौं । आज नेपालभर प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन ७ गते मनाइने यो दिवस २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिवसको रूपमा मनाइँने गरिन्छ।

वि.सं. २००७ फागुन ७ गते तत्कालीन राणा शासनको अन्त्य भई जनताको प्रतिनिधित्वमा आधारित शासन व्यवस्थाको प्रारम्भ भएको थियो। प्रजातन्त्र स्थापना सँगै नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा बहुदलीय राजनीतिक अभ्यासको मार्ग खुलेको थियो।

नेपालमा २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि विभिन्न राजनीतिक उतारचढाव भए पनि २०६२/०६३ को जनआन्दोलन र त्यसपछिको राजनीतिक प्रक्रियाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित गरेको हो।

प्रजातन्त्र दिवसको अवसरमा सधैं झै आज पनि देशभर सार्वजनिक बिदा रहेको छ। आज सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, नेपाल स्टक एक्सचेन्ज लगायत अधिकांश कार्यालयहरू बन्द रहनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*