लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तह चुक्योः प्रधानमन्त्री कार्की

७ फाल्गुन २०८२, बिहीबार १०:३५

काठमाडौं । वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तह चुकेको बताएकी छन्।

“२००७ सालको क्रान्तिले हामीलाई रैतीबाट नागरिक बनायो र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचन शुरुवात भयो तर लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौं। पटक पटक आन्दोलन गर्नुपर्यो। अब त्यस नियतिको अन्त्य गर्नैपर्छ।” उनले भनेकी छन्।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधार मार्फत सम्बोधन गर्न आह्वान गरेकी छन्। “स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन मार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बनौं।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*