बैंकको चेक राखेर जुवातास खेलिरहेका ६ जना पक्राउ
८ फाल्गुन २०८२, शुक्रबार ११:०३

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ कुमाई चोकमा बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले बुधबार साँझ जुवातास खेलिरहेको अवस्थामा घरधनी सुरज सापकोटा सहित ६ जनालाई नियन्त्रणमा लिएको हो। साथै जुवाखालबाट १ लाख ७४ हजार ६० रुपैयाँ, विभिन्न बैंकको २ थान चेक र १० बूक तास बरामद भएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखेर थप अनुसन्धान गरिरहको प्रहरीले जानकारी दिएको छ।












