अपर तामाकोसीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रञ्जित नियुक्त

८ फाल्गुन २०८२, शुक्रबार १२:०६

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्णगोपाल रञ्जित नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको ३०५औँ बैठकको निर्णयानुसार माघ २० गतेदेखि लागू हुने गरी सो जिम्मेवारी दिइएको हो ।

यसअघि प्रमुख कार्यकारी अधिकृतिको जिम्मेवारीमा मोहनप्रसाद गौतम रहेका थिए । उनको अवकाशपछि कम्पनीको आर्थिक प्रशासन विनियमावली २०६५ र कर्मचारी प्रशासन विनियमावली २०६७ अनुसार रञ्जितको नियुक्ति भएको जानकारी दिइएको छ ।

२०५८ सालमा नेपाल विद्युत प्राधिकरणको ५औँ तह (सुपरभाइजर) बाट सेवा प्रवेश गरेका रञ्जितले करिब ८ वर्ष ९२०५८ देखि २०६५ सालसम्म० काभ्रे वितरण केन्द्रमा रहेर कार्य गरे । त्यसपछि सहायक इन्जिनियरबाट माथिल्लो तामाकोसीमा काम गर्दै उनी हाल १०औँ तह अर्थात् प्रबन्धकको जिम्मेवारीमा पुगेका छन् ।सहायक इन्जिनियरको रूपमा सेवा सुरु गरेका उनले प्राधिकरणको ६, ७, ८ र ९ र १०औँ तहसम्म खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुँदै आएका हुन् । उनीसँग प्राविधिक र प्रशासनिक दुवै क्षेत्रको बलियो शैक्षिक पृष्ठभूमि र लामो अनुभव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*