यो हप्ता २ दिन मात्रै नेप्से खुल्यो, ६५ लाख ६३ हजार कित्ता शेयर सूचीकृत

९ फाल्गुन २०८२, शनिबार ०८:४०

काठमाडौं । यो हप्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) जम्मा २ दिन मात्रै खुलेको छ भने यस अवधिमा ६५ लाख ६३ हजार ५४३.९९ कित्ता शेयर सूचीकृत भएका छन्। साताको पहिलो दिन आइतबार महाशिवरात्रि परेपछि सोमबार र मंगलबार नेप्से खुल्यो भने बुधबार र बिहीबार क्रमशः ग्याल्पो ल्होसार र प्रजातन्त्र पर्व परेपछि नेप्से बन्द रहेको हो।

मंगलबार मात्रै नेप्सेमा तीन कम्पनीको बोनस शेयर बापत ६५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको हो। कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस शेयर बापत ४५ लाख २ हजार ९४७.८९७५ कित्ता शेयर, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस शेयर बापत ६ लाख ९६ हजार ३९३.९७ कित्ता र शिवम् सिमेन्ट लिमिटेडको २.५ प्रतिशत बोनस शेयर बापत १३ लाख ६४ हजार १०१.१२५ कित्ता शेयर सूचीकृत भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*