सागर डिष्टिलरीको ७२ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

१० फाल्गुन २०८२, आईतवार ०७:३२

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता शेयरको लकइन अवधि चैत ११ गते सकिंदैछ।

आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लाग छुट्याइएको शेयर लकइनमा राख्नु पर्ने प्रावधान रहेको छ। सोही प्रावधान बमोजिम उक्त शेयर हालसम्म लकइनमा रहेको छ।

कम्पनीले आईपीओ निष्काशन गर्दा सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुला गरिएको शेयरमध्ये ५ प्रतिशतले हुन आउने ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको थियो। त्यसको लकइन अवधि आउँदो चैत ११ गते सकिनेछ भने चैत १२ गतेदेखि धितोपत्र दोस्रो बजारमा सो शेयर किनबेच गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*