प्रतिकित्ता १०० रुपैयाँमा २४ लाख कित्ता शेयर बेच्दै गोरक्ष हाइड्रोपावर

१० फाल्गुन २०८२, आईतवार ०८:१२

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको २४ लाख कित्ता शेयर आफ्ना शेयरधनीहरूलाई बेच्ने भएको छ। कम्पनीले आफ्नो प्रबन्धपत्रको नियम ६ (ग) बमोजिम जगेडामा रहेको शेयर मध्येबाट २४ लाख कित्ता शेयर हाल कायम रहेका शेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेको हो।

शेयर खरीद गर्न इच्छुक शेयरधनीले आगामी १५ दिनभित्र शेयर खरीद फर्म, नागरिकता, राष्ट्रिय परिचयपत्र र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन दिनु पर्नेछ। तोकिएको समयावधिभित्र हाल कायम शेयरधनीबाट आंशिक वा पूर्ण रूपमा शेयर खरीदका लागि निवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*