गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको सीईओमा जलज कुमार अधिकारी नियुक्त

१० फाल्गुन २०८२, आईतवार १०:५४

काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको २८९औं बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । अधिकारीको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको ‘ग’ वर्गको वित्तीय संस्थाका रूपमा सञ्चालनमा रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले नयाँ नेतृत्वमार्फत संस्थाको व्यावसायिक गतिविधि थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*