युनाईटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

१० फाल्गुन २०८२, आईतवार १०:५३

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको छ।

बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव गरेको हो।

यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको अब हुने बाह्रौं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*