काठमाडौंमा गरगहना र नगदसहित ६५ लाख चोरी
१० फाल्गुन २०८२, आईतवार १३:३०

काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ स्थित सरकारी धार नजिक बस्ने बाग्लुङ घरभएका ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट चोरी भएको छ । सुनचाँदीका गरगहना र नगदसहित करिब ६५ लाख ५० हजार रूपैयाँ बराबरको सम्पत्ति चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न प्रहरी परिचालयन भइसकेका छन् ।












