होलीमा सुरक्षित यात्रा सुनिश्चित: टाटा कमर्सियलको विशेष सर्भिस क्याम्प, पार्ट्स र लेबरमा विशेष छुट

काठमाडौं । होली पर्व नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग अन्य समयको तुलनामा उच्च हुने गर्दछ। यसैलाई ध्यानमा राख्दै टाटा कमर्सियलले आफ्ना ग्राहकहरुलाई सुरक्षित यात्रा सुनिश्चित गर्न फागुन १० देखि १५ गतेसम्म विशेष होली सर्भिस क्याम्पको आयोजना गरेको छ।
उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकैसाथ सञ्चालन हुनेछ। कम्पनीका अनुसार, क्याम्पमा सहभागी ग्राहकका गाडीहरुको सुरक्षित यात्रा सुनिश्चित गर्न १० मुख्य प्वाइन्टको चेकअप प्राथमिकतामा राखिएको छ। यी प्वाइन्टहरुमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ र ल्युब्रिकेशन, टायर/व्हील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अन्डरबडी जाँच, र इमरजेन्सी तथा सेफ्टी सम्बन्धि चेकअप समावेश छन्।
यस चेकअपले गाडीको अवस्था बारे पूर्ण जानकारी प्रदान गर्नेछ र मर्मत वा सम्भार आवश्यक परेमा ग्राहकलाई सजिलो बनाउनेछ। कम्पनीले मर्मत तथा पार्ट्समा टाटा जेन्युइन पार्ट्समा १५–२० प्रतिशत छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट, र लेबर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
त्यस्तै, सर्भिस प्याकेजमा दर्ता भएमा यी सुविधाहरू पूरा एक वर्षसम्म उपभोग गर्न सकिनेछ। प्रि-सर्भिस बुकिङ गरी वर्कशप आउने भाग्यशाली तीन ग्राहकले स्मार्टफोन जित्ने अवसर पाउने छन्।












