आरम्भ चौतारी लघुवित्तद्वारा देशभरीका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम प्रदान

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सबै प्रदेशहरुमा कर्मचारी क्षमता अभिबृद्धि सम्बन्धि तालिम सम्पन्न गरेको छ । माघ २४ गतेबाट कोशि प्रदेशको ईटहरीबाट शुरु गरीएको तालिम फागुन ०८ गते कर्णाली प्रदेशको विरेन्द्रनगर, सुर्खेतमा गएर समापन गरिएको हो ।सवै स्थानमा आयोजना गरिएको तालिम कार्यक्रममा १४० वटै शाखाहरुमा कार्यरत सबै तहका कर्मचारीहरु तथा २२ जना कार्यक्रम अधिकृतहरु गरी ५०० जना कर्मचारी सहभागी भएका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले समुद्घाटन गर्दै सबै स्थानहरुमा ईटहरी, सौराहा, बुटवल, नेपालगञ्ज र सुर्खेतमा सम्पन्न भएको तालिम संस्थाका सहायक महाप्रवन्धक मनरुपा पौडेल तथा विभागीय प्रमुखहरुको उपस्थिीती रहेको थियो । समुद्घाटन कार्यक्रम टोप बहादुर रास्कोटीले स्वागत मन्तव्य र चन्दन कुमार सरदारको संचालनमा सम्पन्न भएको थियो ।
तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले वर्तमान अवस्थामा लघुवित्त क्षेत्रमा देखिएको चुनौतीहरुलाई समाधान गर्न कर्मचारीहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण, नेतृत्व विकास र गुणस्तरीय व्यवसाय बृद्धि विषयमा प्रशिक्षण दिएका थिए । उक्त तालिममा सहायक महाप्रवन्धक मनरुपा पौडेल, चिफ विजिनेस अफिसर चन्दन कुमार सरदार जोखिम विभाग प्रमुख टोप बहादुर रास्कोटीले सहजीकरण गरेका थिए ।

सबै प्रदेशमा संचालन भएको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले अर्धवार्षिक लक्ष्य शतप्रतिशत हासिल गरेका शाखाहरुलाई वधाई ज्ञापन तथा सम्मान गर्दे लक्ष्य पुरा गर्न नसकेका शाखाहरुले आगामी दिनहरुमा थप जिम्मेवार, कर्तव्यनिष्ठ, सकारात्मक उर्जा लिएर कार्य गर्न निर्देशन दिदै कर्मचारीको उच्च मनोवल बृद्धि गराउन आफु सधै कर्मचारीको पक्षमा रहेको बताए ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ५७ जिल्लाहरुमा १४० शाखा कार्यालयहरुको सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०८२ पौष मसान्तसम्ममा १ लाख ६ हजार सदस्य मार्फत २ अर्व ११ करोड बचत संकलन गरी ३३ हजार ऋणी मार्फत ५ अर्ब ९५ करोड कर्जा प्रवाह भएको छ ।












