अर्थशास्त्रीलाई नै पत्याएन पुँजी बजारलेः भारी गिरावटले लगानीकर्ता त्रसित, किन अनिश्चित मार्केट ?

काठमाडौँ । नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेको जिम्मेवारीपछि शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । बजारले वाग्ले जस्ता विज्ञ अर्थशास्त्री र अर्थतन्त्रमा अनुभवी व्यक्तिलाई स्वागत गर्ने अपेक्षा गरेको थियो । तर, अर्थमन्त्रीको कार्यभार सुरु भएको दुई दिन नै शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्लेषकहरूले यसलाई सरकारप्रति लगानीकर्ताको पत्यारोपणमा कमी भएको संकेतको रूपमा लिएका छन् ।
अर्थमन्त्री वाग्लेको क्षमता र नीतिहरूको सकारात्मक प्रभावमा बजारले आशा राखेको थियो । तर, आइतबारको गिरावटलाई केवल करेक्सन मान्दा पनि सोमबारको लगातार राताम्यले बजारप्रति लगानीकर्ताको विश्वास कमजोर भएको देखाउँछ । सामाजिक र राजनीतिक अवस्थासँगै बजारमाथि दबाब परेको देखिन्छ ।
बालेन शाह नेतृत्वको सरकारले सुरु गरेको धरपकडपछि प्रमुख राजनीतिक दलहरूले देशव्यापी प्रदर्शन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता दिपक खड्का र रमेश लेखक पक्राउ परेकाले उत्पन्न भएको अस्थिर राजनीतिक वातावरणले लगानीकर्तामा डर सिर्जना गरेको छ । यसले सेयर बजारमा मनोवैज्ञानिक दबाब थप गरेको विश्लेषकहरूले बताउँछन् ।
सरकारले अबैध लगानी नियन्त्रणका लागि नयाँ नीतिहरू लागू गरेकाले पनि बजार मनोविज्ञान प्रभावित भएको छ । बैंक खाताबाट हुने कारोबारको निगरानी, अवैध लगानी रोकथाम र कानुनी कारबाहीको संकेतले केही लगानीकर्तालाई सतर्क बनाएको छ । यसले छोटो अवधिमा बजारमा अनिश्चितता बढाएको छ भने दीर्घकालीन दृष्टिमा पारदर्शिता र विश्वास बढाउने अपेक्षा गरिएको छ ।
तर, दीर्घकालीन रूपमा स्थिर सरकार, स्पष्ट नीति, र लगानीकर्ताको उत्साहले बजारमा सकारात्मक आशा कायम राखेको छ । नियामक निकायहरूले पनि लगानी अनुकूल नीतिहरू अवलम्बन गरिरहेका छन्। यदि कुनै ठूलो अवरोध नआएमा, बजारले छिट्टै नयाँ रेकर्ड बनाउन सक्ने सम्भावना छ। लगानीकर्ताहरू दीर्घकालीन रूपमा पुँजी बजारको विकासप्रति आशावादी देखिन्छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७१ अकंले घटेर २८३१.३९ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको २ प्रतिशत, वाणिज्य बैंक समूहको १.८६ प्रतिशत, विकास बैंक समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१८ प्रतिशत, हाइड्रोपावर समूहको १.९३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार २६ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २३७ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
रिडी पावर र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार











