बीमा कम्पनीहरुलाई ई–बिलिङ्ग प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन
१४ बैशाख २०८३, सोमबार १२:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ई– बिलिङ्ग प्रणाली लागू गर्न निर्देशन दिएको छ।
प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्पनीहरुलाई ई– बिलिङ्ग प्रणाली लागू गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सबै प्रकारका बीमाशुल्क, शुल्क तथा अन्य भुक्तानीका लागि अनिवार्य ई–बिल / इनभ्वाइस जारी गर्ने व्यवस्था गर्न बीमकलाई निर्देशन दिएको निर्देशक हृदयश्वर पण्डितले बीमापोष्टलाई बताएका छन् ।












