रिडी पावर र रिलायन्स स्पिनिङ्ग मिल्समा झुम्मिए लगानीकर्ता

११ बैशाख २०८३, शुक्रबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से १.५४ अंकले वृद्धि हुँदा ५ अर्ब २६ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। जसमध्ये रिडी पावरको मात्रै २७ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ।

त्यसैगरी रिलायन्स स्पिनिङ्ग मिल्सको २४ करोड ९२ लाख रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको २३ करोड ७८ लाख रुपैयाँ र आँखुखोला जलविद्युतको २० करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

एसवाई प्यानलको १४ करोड ५१ लाख रुपैयाँ, शिवम् सिमेन्टको १३ करोड १७ लाख रुपैयाँ, होटल फरेष्ट इनको १२ करोड ८६ लाख रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकको १२ करोड ७६ लाख रुपैयाँ र नेपाल रिको १२ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर खरीद्यबिक्री भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*