आइतबार बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
१३ बैशाख २०८३, आईतवार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।











