नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने
४ जेष्ठ २०८३, सोमबार ०९:३३

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले संस्थाको आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संचित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै वित्तीय विवरणहरू स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने तथा नेपाल राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ।












