४१ माइक्रोफाइनान्सको खराब कर्जा बढ्योः २९ लघुवित्तको १० प्रतिशतमाथि, कुनको कति ?

४ जेष्ठ २०८३, सोमबार १४:२०

काठमाडौँ । माइक्रोफाइनान्सको मुनाफामा चमक देखिएपनि खराब कर्जा भने निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ । हाल सञ्चालनमा रहेका ५० लघुवित्त मध्य अधिकांशको खराब कर्जाको आकार निरन्तर बढी रहेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले देखिएको हो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले अपनाएको नीतिले लघुवित्त कम्पनीको नाफामा उछाल देखिएको छ । तेस्रो त्रैमाससम्मको अवधिमा माइक्रोफाइनान्स कम्पनीले ७ अर्ब २४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । लघुवित्तहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि तुलनामा ४३ प्रतिशतले बढी हो । तर, ५० लघुवित्तमा ४१ कम्पनीको खराब कर्जा भने बढेको देखिएको छ ।

लघुवित्तको औसत खराब कर्जा ७.२४ प्रतिशत रहेकोमा ४.४७ प्रतिशतले बढेर ११.७२ प्रतिशत पुगेको हो । २९ लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा धेरै रहेको तथ्याङले देखिएको छ ।

यसअवधिमा ९ कम्पनीले मात्रै खराब कर्जा घटाउन सफल भएका छन् । छिमेक लघुवित्तको ०ं२८ प्रतिशतले घटेर २.३२ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ०.४२ प्रतिशतले घटेर ४.३६ प्रतिशत, जीवन विकास लघुवित्तको ०.१७ प्रतिशतले घटेर ४.८० प्रतिशत, अभियान लघुवित्तको १.७० प्रतिशतले घटेर ५.१४ प्रतिशत, मानुषि लघुवित्तको ०.५७ प्रतिशतले घटेर ५.७८ प्रतिशत, डिप्रोक्स लघुवित्तको १.१४ प्रतिशतले घटेर ७.५२ प्रतिशत, मातृभुमि लघुवित्तको ०.२९ प्रतिशतले घटेर ९.५५ प्रतिशत, आत्मानिर्भर लघुवित्तको ३.९१ प्रतिशतले घटेर ११.१७ प्रतिशत र नाडेप लघुवित्तको ४.४५ प्रतिशतले घटेर १७.६९ प्रतिशतले खराब कर्जा घटेको देखिएको हो । सो मध्य छिमेक लघुवित्तका सबैभन्दा कम खराब कर्जा हुने कम्पनी पनि हो ।

यता, सपोर्ट लघुवित्तको खराब कर्जा ३.३१ प्रतिशत, गुरास लघुवित्तको ३.४१ प्रतिशत, आरएसडिसि लघुवित्तको ३.३६ प्रतिशत र साना किसान लघुवित्तको ४.१२ प्रतिशत रहेको छ ।

९ महिनामा सर्वाधिक खराब कर्जा हुने कम्पनीमा नेरुडे मिर्मिरे लघुवित्त रहेको छ । कम्पनीको खराब कर्जा ९.६८ प्रतिशतले बढेर २४.४९ प्रतिशत पुगेकोे छ ।

साथै, इन्फिनीटि लघुवित्तको २३.९३ प्रतिशत, धौलागिरी लघुवित्तको २३.६२ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको २१.४५ प्रतिशत, नेष्डो समृद्धि लघुवित्तको २१.३४ प्रतिशत, सिवाईसी लघुवित्तको १९.७० प्रतिशत खराब कर्जा रहेको छ ।

लघुवित्तहरूको नाफा ४३ प्रतिशत वृद्धि, १० कम्पनीको घट्दा ४० को बढ्यो (तथ्यांक सहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*