यसरी हेर्नुहोस् टक्सार पिखुवा खोलाको आईपीओ रिजल्ट

६ जेष्ठ २०८३, बुधबार ०९:५७

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले सो आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि जम्मा २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बाँडफाँडमा २ लाख ५१ हजार ५४५ जनामा प्रत्येकले १० कित्ताका दरले र सोही मध्येबाट ५ जनाले थप १ कित्ता गरी ११ कित्ता आईपीओ हात पारेका छन्।

आईपीओको नतिजा अनलाइनमा प्रकाशित हुन केही समय लाग्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ। प्रकाशित हुनासाथ यी लिंकबाट आवेदकले सजिलै आईपीओ परे नपरेको हेर्न सक्नेछन्।

https://iporesult.cdsc.com.np/,

https://www.prabhucapital.com/ipo-allotment,

https://meroshare.cdsc.com.np/#/login

मेरो शेयरमा आफ्नो डिम्याट खाता लगइन गरेर ‘माई एस्बा’ मा गएर ‘एप्लिकेशन रिपोर्ट’ मा गएर टक्सार पिखुवा खोलाको ‘रिपोर्ट’ मा ट्याप गरेर हेर्न सकिन्छ। यसमा भने नजिता देखाउन केही दिन पनि लाग्न सक्छ। बिक्री प्रबन्धकको वेबसाइट र आईपीओ रिजल्ट वेबसाइटमा भने आफ्नो बीओआईडी नम्बर हालेपछि तत्कालै नतिजा देखाउनेछ।

टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँड, २५ लाख आवेदकको हात रित्तो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*