बिजुली बेचेर ९९ हाइड्रोपावरले कमाए साढे ४० अर्ब, कुन कम्पनीको आम्दानी कति ? (तथ्यांकसहित)

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी ३८ प्रतिशतले बढेको हो ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९९ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमामा विद्युत बेचेर ४० अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ३८.५६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा जलविद्युत कम्पनीहरुले २९ अर्ब ३७ करोड ८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेका थिए ।
नाफा समेत हाइड्रोहरुको उच्च अकंले बढेको छ । सूचीकृत मध्ये १०१ कम्पनीले ७ अर्ब ९२ करोड ९३ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा २३७.५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा हाइड्रो कम्पनीहरुले २ अर्ब ३४ करोड ८९ लाख १ हजार रुपैयाँ नाफा कमाएका थिए ।
समिक्षा अवधिमा बिद्युत बिक्री आम्दानी सर्वाधिक गर्नेमा अप्पर तामाकोशी जलविद्युत रहेको छ । कम्पनीले बिजुली बेचेर ७ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्ष आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८०.७२ प्रतिशतले बढी हो ।
९ महिनामा सर्वाधिक विद्युत बिक्री गर्ने दोस्रो नम्बरमा साहज उर्जा रहेको छ । कम्पनीले चैत मसान्तसम्मको अवधिमा २ अर्ब ३३ करोड ३८ लाख रुपैयाँको बिजुली बेचेर हो । जुन गत आथिक वर्षको सोहि अवधिको तुलनामा ३६.८९ प्रतिशतले बढी हो ।
हाइड्रोको वित्तीय अवस्थामा चमकः मुनाफा २३७ प्रतिशतले बढ्यो, १०१ मध्ये कुनको कति ? (तथ्यांकसहित)
त्यस्तै, समिक्षा अवधिमा क्रमशः सोलु हाइड्रोपावरले ३ अर्ब ११ करोड २४ लाख, मध्य भोटेकोशीले १ अर्ब ४२ करोड, सानिमा मिडिल तमोरले १ अर्ब ३१ करोड १७ लाख, अपि पावरले १ अर्ब ३० करोड ४३ लाख, ग्रिज भन्चर्सले १ अर्ब २९ करोड ५६ लाख, सन्जेल जलविद्युतले १ अर्ब १९ करोड र माउन्टेन इनर्जीले १ अर्ब ७ करोड ९७ लाख विद्युत बिक्री आम्दानी आर्जन गरेका छन् ।
उत्पादन क्षमतामा आएको निरन्तर वृद्धि, बैंकिङ्ग ब्याजदरमा आएको गिरावट र खर्च नियन्त्रणमा अपनाइएको सजग रणनीतिले जलविद्युत कम्पनीहरूको लाभमा प्रत्यक्ष योगदान पु–याएको छ । दीर्घकालीन सम्झौताबाट लाभदायक मूल्य सुनिश्चित हुनुका साथै अतिरिक्त विद्युत आपूर्ति गर्न सक्नु आय विस्तारको प्रमुख आधार बनेको छ ।
सबैभन्दा कम बिक्री मार्फत आम्दानी गर्नेमा अप्पर लोहोरे खोलाले १ करोड ११ लाख, शुभम पावरले १ करोड ५७ लाख, बराही हाइड्रोपावरले २ करोड ३३ लाख, माईखोलाले २ करोड ४९ लाख र शिखर पावरले २ करोड ५४ लाख रुपैयाँ रहेको छ ।













