गृह मन्त्रालयद्वारा १२ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवको सरुवा तथा पदस्थापन

२२ जेष्ठ २०८३, शुक्रबार १८:०४

काठमाडौं । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीसहित १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले जेठ १३ र २२ गतेको निर्णयअनुसार सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको हो।

सरुवा तथा पदस्थापन भएकामध्ये १२ जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। बाँकी सहसचिवहरूलाई गृह मन्त्रालय तथा मातहतका विभिन्न निकायमा पदस्थापन गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*