चौथौ त्रैमाससम्मको अवधिमा कस्तो छ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय अवस्था ?

२९ श्रावण २०८३, शुक्रबार ०७:५७

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा र प्रतिशेयर आम्दानी केहि प्रभावित भएपनि अन्य सूचकमा भने सुधार देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष ३६ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा ९८.८९ प्रतिशतले घटेर ४० करोड ३८ हजार रुपैयाँमा सीमित भएको छ । २०८२ सालको भदौमा भएको आन्दोलन र बाढी पहिराका कारण कम्पनीमा दाबी धेरै पर्दा नाफा प्रभावित भएको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३६.१८ प्रतिशतले बढेर २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने लगानीबाट हुने आम्दानी ३.६५ प्रतिशतले बढेर २ अर्ब ८२५ करोडरुपैयाँमा पुगेको छ ।

कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो वर्ष १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ रहेकोमा ६.६८ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड लाख रुपैयाँ पुगेको छ । बीमा कोषको आकार ८३ प्रतिशतले बढेर ७ अर्ब ८० करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा २ लाख ३७ हजार ७०८ वटा बीमा पोलिसी जारी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि गिरावट लागेको छ । अघिल्लो वर्ष १२.९५रुपैयाँ रहेको प्रतिशेयर आम्दानी अहिले घटेर ०.१३ रुपैयाँमा झरेको छ । हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १७९.५३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*