हिमालयन बैंकको नाफामा चमकः वर्षदिनमा १ अर्ब ४८ करोड खुद नाफा आर्जन, खराब कर्जा भने ७.९६ प्रतिशत

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो ।
कम्पनीको नाफा एक हजार ४१ प्रतिशत बढेर १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रोभिजनिङ घटेका कारण नाफा बढेको देखिन्छ ।
बघिल्लो वर्ष ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले गत वर्ष २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ छुट्याएको छ ।
गत आर्र्थिक वर्षको असार मसान्तसम्मको अवधिमा खुद ब्याज आम्दानी १५.७३ प्रतिशत घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, सञ्चालन नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको उक्त नाफा ३ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६ करोड २१ लाख ९६ हजार रुपैयाँ पुगेको भने वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
चौथो त्रैमाससम्मको अवधिमा बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ, बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख ३४ हजार, निक्षेप संकलन १३.७२ प्रतिशत बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ र कर्जा लगानी १.२३ प्रतिशत घटेर २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँ प्रवाह गरेको छ ।
बैंकको खराब कर्जा ७.९७ प्रतिशतबाट घटेर ७.९६ प्रतिशतमा झारेको छ । प्रतिशेयर आम्दानी बढेर ६.५६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७.४८ रुपैयाँ छ ।











