जीवन बीमकको व्यवसाय साढे १५% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई-प्रभु र सन नेपाल

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा यस वर्षको समीक्षा अवधिमा जीवन बीमा व्यवसाय १५.०१ प्रतिशतले बढेको छ।
कुल बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको साउन र भदौमा १० अर्ब ५८ करोड आठ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले नौ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको थियो। यससँगै कम्पनीको बीमाशुल्क आर्जन ९.२७ प्रतिशतले बढेको छ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा चार अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले तीन अर्ब ९८ करोड ३२ लाख रुपैयाँ सङ्कलन गरेको थियो। यसअनुसार कम्पनीको व्यवसाय २१.९९ प्रतिशतले बढेको छ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले चार अर्ब ४१ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको बीमाशुल्क आर्जन चार अर्ब आठ करोड तीन लाख रुपैयाँ रहेको थियो। कम्पनीले यस अवधिमा ८.१९ प्रतिशतको वृद्धि हासिल गरेको छ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले तीन अर्ब ६७ करोड ८५ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले तीन अर्ब ५९ करोड १९ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई अर्ब ४६ करोड ६८ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले एक अर्ब ८२ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ।
सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ६९ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ५० करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको व्यवसाय यस वर्ष १३.२१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा उच्च वृद्धिदर हासिल गरेको छ। कम्पनीले एक अर्ब ४८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको बीमाशुल्क आर्जन एक अर्ब आठ करोड ५८ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको व्यवसाय ३७.०९ प्रतिशतले बढेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक अर्ब २७ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब २६ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले ७७ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ। गत वर्षको सोही अवधिमा ६० करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको बीमाशुल्क आर्जन २८.१२ प्रतिशतले वृद्धि भएको छ











