पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
२५ आश्विन २०८३, आईतवार १६:५७

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । त्रिशूली नदीले कटान गर्दा शुक्रबार सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग आइतबार दिउँसो ३ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सडक सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनलाई दुवैतर्फ आवागमन गर्न सहज भएको छ ।











