बुढीगण्डकीको बाढीबाट प्रभावित ४९ जनाको उद्धार

२५ आश्विन २०८३, आईतवार १७:४२

काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

नेपाली सेनाले आइतबार सूचना जारी गर्दै आफ्ना चारवटा हेलिकप्टर र स्थलमार्गबाट खटिएको सुरक्षा टोलीले बाढी प्रभावितको उद्धार गरेको जानकारी दिएको हो।

सेनाका अनुसार अहिले अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*