प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको मौज्दात १८ अर्ब नाघ्यो

९ कार्तिक २०८३, सोमबार १३:०१

काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम बढेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषका विभिन्न बैंक खातामा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ।

कार्यालयका अनुसार कोषका नौवटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ। त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग संकलन भइरहेको छ। कोषमा प्राप्त रकम विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सहायता उपलब्ध गराउन प्रयोग गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*