प्रवासी नेपालीबाट सरकारलाई एक करोड रुपैयाँ र डीएनए परीक्षण किट सहयोग

९ कार्तिक २०८३, सोमबार १६:५४

काठमाडौं । बेलायतको लन्डनमा बसोबास गर्दै आएका दुई गैरआवासीय नेपालीले नेपाल सरकारलाई एक करोड रुपैयाँ र डीएनए परीक्षण किट सहयोग गरेका छन्।

परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली उत्तम नेपालले १ करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षण किट परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन्।

सहयोगका लागि दुवै जनालाई धन्यवाद दिँदै मन्त्री खनालले प्राप्त आर्थिक सहयोग र डीएनए परीक्षण किटले सरकारको अनुसन्धान तथा डीएनए परीक्षण गर्ने क्षमता बढाउन मद्दत पुग्ने बताए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*