मध्यपूर्व हुन लागेको महायुद्धले संसारभर तरंगित, विश्वभर हुँदैछ तयारी, नेपालमा शुन्य

११ कार्तिक २०८३, बुधबार ०८:१८

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले आगामी सातादेखि विश्वभरका कैयौं देशहरुले युद्धबाट आफ्ना जनतालाई सुरक्षित राख्ने उपायहरु सुरु गरिसकेका छन् । सम्भावित युद्धबाट आफ्ना नागरिकको जीवन रक्षा गर्न विश्वभर तयारी भइरहँदा नेपाल भने उक्त युद्धबारे बेखवर झै छ ।

सूचना संयन्त्र, पहुँच आदिका कारण लाखौं नेपालीहरु मध्यपूर्वको सम्भावित युद्धबाट प्रभावित हुने भएपनि सरकारले कुनै तयारी गरेको औपचारिक जानकारी प्राप्त भएको छैन ।
बेलायत सरकारले आफ्ना नागरिकलाई बि रेडी पोजिसन रहन आन्तरिक निर्देशन जारी गरेको छ । त्यहाँ तीन दिनका लागि नगद, खाद्यान्न, पानी समेत व्यवस्था गर्न भनिएको छ । त्यस्तै, जापानले नोभेम्वर २ पछि तीन दिनका लागि खाद्यान्न, पानी, औषधी र अत्यावश्यक चिज भण्डारण गर्न नागरिकहरुलाई अपिल गरेको सन्देश जारी गरिएको छ ।

उता, अमेरिकाले आफ्ना विश्वभर रहेका सबै सैन्य बेसहरुलाई ९० दिनका लागि पुग्ने सामान जोहो गर्न र आत्मनिर्भर भएर बस्न भनिएको छ । त्यस्तै, पोल्याण्ड, जर्मनी, चेज रिपब्लिक, नेदरल्याण्ड, फ्रान्स, फिनल्याण्ड जस्ता देशहरुले सम्भावित नागरिक सुरक्षाको जोखिमबारे तयारी गरिरहेका छन् ।

अहिले मध्यपूर्वका अमेरिकाले भयानक आक्रमण गर्ने चर्चा चलिरहेको छ । अर्को कुनै अप्रिय निर्णयमार्फत सहमति नभएको अवस्थामा अबको युद्धमा अमेरिकाले इरानमाथि मदर अफ अल बम खसाल्ने उच्च सम्भावना छ ।
तर, त्यसको प्रतिवाद स्वरुप इरानले विश्वभरमा रहेका अमेरिकी सेनाको बेसहरुमा भिषण आक्रमण गर्न सक्ने आंकलनहरु गरिएका छन् । जसका कारण आगामी दिनको युद्ध यसअघिको जस्तो नभई फरक किसिमको हुनसक्ने देखिएको छ ।

इजरायलमा हिजो सम्पन्न भएको निर्वाचनको मत परिणामले पनि नयाँ युद्धको रेखा कोर्नेछ । जुन आजसम्म आईपुग्ने सम्भावना छ । अमेरिकामा नोभेम्वर ३ मा निर्वाचन सकिए लगत्तै ट्रम्पले इरानमाथि घातक सैन्य हमला गर्ने तयारी गरिरहेको सूचना अहिले विश्वभर फैलिएको छ ।

यता, नेपाल सरकारको तयारी भने फितलो देखिएको छ । नेपालमा युद्धको प्रत्यक्ष असर कम परेपनि नेपाल बाहिर रहेका नेपालीहरुको सुरक्षा र स्वदेश फिर्तीबारे पूर्व तयारीहरुबारे कुनै जानकारी दिएको देखिएको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*