ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, अब प्रतितोला कति?
१९ कार्तिक २०८३, बिहीबार १०:२९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ ।
यसदिन सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै आज चाँदी पनि प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।











