असोजसम्म १४ जीवन बीमकले कमाए साढे ५७ अर्ब बीमाशुल्क, कुन कम्पनीले कति?

१९ कार्तिक २०८३, बिहीबार १०:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको असोज मसान्तसम्म ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफले सर्वाधिक १४ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ, नेशनल लाइफले ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ, एलआईसी नेपालले ५ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ, हिमालयन लाइफले ५ अर्ब १५ करोड १३ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी सूर्यज्योति लाइफले ३ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ७८ करोड २५ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ५२ करोड १ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब २४ करोड ५८ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब १७ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ कुल बीमाशु्ल्क आर्जन गरेको छ।

त्यसैगरी असोज मसान्तसम्म रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८४ करोड ५ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब १९ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*