मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ८ करोड ६६ लाख, खराब कर्जा भने १९.२४ प्रतिशत

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३८ करोड ५० लाख ७० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २४ करोड २६ लाख ३८ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, खुद ब्याज तथा कमिसन आम्दानी ४० करोड ८५ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २६ करोड ३२ लाख ५३ हजार रुपैयाँ थियो ।
संस्थाको कुल सञ्चालन आम्दानी ४० करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ भने कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि ५ करोड ८२ लाख १ हजार रुपैयाँ छुट्याएको छ । यसपछि संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड ३ लाख १८ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा सञ्चालन खर्च २२ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ । जसबाट संस्थाले १२ करोड ३७ लाख ४७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
कर प्रयोजनका लागि ३ करोड ७१ लाख २४ हजार रुपैयाँ छुट्याएपछि संस्थाको खुद नाफा ८ करोड ६६ लाख २३ हजार रुपैयाँ पुगेको हो । संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ३१ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस ३ रुपैयाँ ४३ पैसा ऋणात्मक थियो ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति १५ अर्ब ९२ करोड २४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल सम्पत्ति २० अर्ब ६८ करोड ६७ लाख रुपैयाँ थियो । त्यस्तै, ग्राहकबाट संकलित निक्षेप ४ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको अन्त्यमा यस्तो निक्षेप ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ थियो ।
संस्थाले प्रवाह गरेको कर्जा तथा सापटी १५ अर्ब १२ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा १५ अर्ब २८ करोड ७३ लाख रुपैयाँ थियो । यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा सापटी ७ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।
यद्यपि, संस्थाको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने १९.२४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात १४.९७ प्रतिशत थियो ।











