नेपाली पर्यटन र व्यापार प्रवर्द्धनमा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

२० कार्तिक २०८३, शुक्रबार १६:४५

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिलासम्बन्धी वरिष्ठ निर्देशक एमिर गेलेनबीच डिजिटल प्रविधिको विकास र टिकटकको प्रभावकारी उपयोगबारे छलफल भएको छ।

भेटमा टिकटकजस्ता सामाजिक सञ्जाललाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपालको कला, संस्कृति, पर्यटन, व्यापार तथा रोजगारी प्रवद्र्धनको माध्यम बनाउनुपर्ने विषयमा जोड दिइएको छ।

मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिबाट प्राप्त हुने अवसर ग्रामीण क्षेत्रका नागरिक, साना व्यवसायी र आर्थिक रूपमा कमजोर समुदायसम्म पुर्‍याउनुपर्ने बताए। यसका लागि डिजिटल साक्षरता बढाउनुका साथै प्रयोगकर्ताको गोपनीयता र सुरक्षित इन्टरनेट प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

सामाजिक सञ्जाललाई विपद्का सूचना, जनचेतनामूलक सन्देश र सार्वजनिक सरोकारका विषय नागरिकसम्म पुर्‍याउने माध्यमका रूपमा उपयोग गर्ने विषयमा पनि छलफल भएको छ।

भेटमा टिकटकका वरिष्ठ निर्देशक गेलेनले नेपालमा डिजिटल साक्षरता, सामुदायिक विकास, नेपाली व्यवसाय, पर्यटन तथा कला–संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्न टिकटक इच्छुक रहेको बताए। उनले सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना फैलाउन नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको पनि उल्लेख गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*