ग्लोबल आईएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, उत्तरढोकामा भयो भूमिपूजा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक नयाँ कर्पोरेट भवन निर्माण कार्यको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार निर्माणस्थलमा एक विशेष समारोहका बीच विधिपूर्वक भूमिपूजा सम्पन्न गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले संयुक्त रूपमा भूमिपूजा गरी भवन निर्माणको शिलान्यास गर्नुभएको हो ।
करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो नयाँ कर्पोरेट भवन कुल १२ तलाको हुनेछ । जसमा सवारीसाधन पार्किङका लागि २ तला भूमिगत ९ग्लमभचनचयगलम० संरचना, एउटा भुइँतला र त्यसमाथि ९ वटा तला रहने बैंकले जनाएको छ । आधुनिक वास्तुकला, अत्याधुनिक प्रविधि र वातावरणमैत्री पूर्वाधारको प्रयोग गरी निर्माण गर्न लागिएको यस भवनलाई काठमाडौँ उपत्यकाकै एक नमुना व्यावसायिक भवनका रूपमा विकास गर्ने बैंकको लक्ष्य छ ।

भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो भवन नेपालका वाणिज्य बैंकका कर्पोरेट कार्यालयहरूमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचना हुने दाबी गर्नुभयो । भवन निर्माण सम्पन्न भएपछि काठमाडौँ उपत्यकाकै एउटा पहिचानयुक्त ९ीबलमmबचप० संरचना बन्ने र यसले सेवाग्राहीलाई अझ सहज, प्रविधिमैत्री र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्न मद्दत पुर्याउने उहाँको भनाइ थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सेवाग्राही र कर्मचारीको सुविधालाई केन्द्रमा राखेर भवनको पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको बताउनुभयो । यो भवन पूर्ण रूपमा ऊर्जा बचत गर्ने शैलीमा निर्माण हुनेछ । वातावरण संरक्षण र प्राकृतिक स्रोतको उचित उपयोगका लागि भवनमा आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा प्रणाली जडान गरिने बैंकले जनाएको छ ।
भूमिपूजा कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ९म्ऋभ्इ० सुमन पो
खरेलसहित उच्च व्यवस्थापन समूहका सदस्यहरू तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।











