आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट

८ असार २०७९, बुधबार ०७:३३

काठमाडौं । भारतीय आल कर्पोरेशन (आईओसी) ले नेपाल भारतबीचको सम्झौता विपरित उत्पादन लागतभन्दा निकै महंगोमा इन्धन बिक्री गरिरहेको फेला परेको छ । बीमापोष्टले आईओसीबाट प्राप्त गरेको कागजातमा नेपाल आउने इन्धन र भारतमा बिक्री हुने इन्धनमा दुई थरी मूल्य कायम गरिएकोले नेपालमा इन्धन अत्याधिक महंगो पर्न गएको हो ।

आईओसीले नेपाल आयल निगमलाई बिक्री गरेको पेट्रोलको मूल्य प्रतिलिटर ८२.४४ भारु तोकिएको छ । जबकी आईओसीले भारतमै बिक्री गर्दा भने ५७.१३ रुपैयाँ बेस रेट तोकेको छ । आईओसीले नेपाल र भारतमा बिक्री हुने एउटै इन्धनको मूल्य भारतीय बजारमा बिक्री हुने भन्दा प्रतिलिटर २५.३१ भारु बढि असुल गर्दै आएको छ । नेपाल–भारतबीचको सम्झौतामा उत्पादन लागतमा न्यून रकम मात्रै मुनाफा राखेर मूल्य निर्धारण गर्ने उल्लेख छ । सो सम्झौता विपरित आईओसीले चर्को मूल्य नेपालीमाथि थोपरेको हो ।

सम्झौता विपरितको मूल्य नेपाल आयल निगमले किन स्वीकार गर्यो ? प्रश्न गम्भिर छ । नेपाल आयल निगमका प्रमुख उमेश प्रसाद थानीले राजनीतिक पार्टीहरुले निर्वाचन खर्च उठाउनको लागि आयल निगममा दिल्लीबाटै सेटिङ गरिएको हुनसक्ने देखिएको छ । निर्वाचन लगत्तै प्रधानमन्त्री पत्नी आरजु देउवा अनौपचारिक भारत भ्रमणमा गएकी थिईन् । त्यतिबेला नै सेटिङ भएको स्रोतको दावी छ ।

आईओसीले भारतमा उपलब्ध गराउने पेट्रोलको मूल्य सूचि (आईओसीबाट प्राप्त)

 

आईओसीले नेपाल र भारतमा दुई थरी मूल्य कायम गरी नेपाली जनतामाथि आर्थिक अपराध गर्दै आएको भएपनि सबै राजनीतिक पार्टीहरु मौन रहँदै आएका छन् । हिजो संसदमा भएको मूल्यबृद्धि विषयमाथिको छलफलमा एक जना सांसद उमाशंकर अरगरिया बाहेक कसैले पनि भारत र नेपालमा आईओसीले फरक फरक मूल्य किन लगाएको भनेर आपूर्ति मन्त्रीलाई प्रश्न गरेनन् ।

नेपालका सांसदहरु, मन्त्रीहरु दिल्लीकै खर्चपानीमा चल्ने भएकोले भारतीय आयल निगमले नेपाली जनतामािथ विभेदकारी मूल्य कायम गर्दा समेत कुनै पनि नेता, सांसद र सामाजिक अभियान्ताहरु चुईक्क बोल्ने हिम्मत गर्दैछन् ।

 

 

2 thoughts on “आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*