मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण

१० असार २०७९, शुक्रबार ०८:१६

काठमाडौं । नेपाली जनतालाई निकै महंगो इन्धनको भार थोपर्ने कार्यमा नेपालस्थित आयल निगम र भारतस्थित भारतीय आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला पारेको छ ।

एकातिर नेपालसँग सन्धी गर्दा उत्पादन लागतमा इन्धन दिने भनेर एकाधिकार गर्ने र अर्कोतर्फ प्रतिलिटर २५ रुपैयाँ भारु थप रकम नेपाली आयल निगमलाई बिल बढाएर अर्बौ रुपैयाँको घोटाला किन भइरहेको छ ? के यसको पछाडि कुनै राजनीतिक कारण छैन । आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु यस घटनामा चोखो छन् वा प्रधानमन्त्री पत्नी आरजु राणाकै मात्रै सेटिङ भनेर विश्वास गर्न सकिने अवस्था छैन । त्यस्तै नेपाल आयल निगमका इन्जिनियर उमेश थानी एक्लैले अर्बौको घोटाला गर्न सम्भव होला त ? प्रश्न गम्भिर खोजपूर्ण बनेको छ ।

भारतीय आल कर्पोरेशन (आईओसी) ले उसको देशमा बिक्री वितरणको लागि तोकेको बेस रेट र नेपाल आयल निगमलाई पठाएको बेस रेटमा ठूलो अन्तर भेटिएको छ । प्रारम्भिक रुपमा भारतीय आयल कर्पोरेशनले नेपाललाई पठाउँदा निकै महंगो मूल्य लगाएकै कारण इन्धनको मूल्य आकासिएको तथ्य दिनको घाम जत्तिकै छर्लङ्ग हुन पुगेको छ ।

नेपाल आयल निगमले आईओसीबाट प्राप्त बिजकमा पेट्रोलको मूल्य प्रतिलिटर ८२.४४ भारु तोकिएको छ । जबकी आईओसीले भारतमै बिक्री गर्दा भने ५७.१३ रुपैयाँ बेस रेट तोकेको छ । (आईओसीको वेभसाईटमै गएर हेरौं प्रमाण ।)

 

आईओसीले भारतमा उपलब्ध गराउने पेट्रोलको मूल्य सूचि (आईओसीबाट प्राप्त)

 

आईओसीले नेपाल आयल निगमलाई बिक्री गरेको पेट्रोलको मूल्य प्रतिलिटर ८२.४४ भारु तोकिएको छ । जबकी आईओसीले भारतमै बिक्री गर्दा भने ५७.१३ रुपैयाँ बेस रेट तोकेको छ । आईओसीले नेपाल र भारतमा बिक्री हुने एउटै इन्धनको मूल्य भारतीय बजारमा बिक्री हुने भन्दा प्रतिलिटर २५.३१ भारु बढि असुल गर्दै आएको छ । नेपाल–भारतबीचको सम्झौतामा उत्पादन लागतमा न्यून रकम मात्रै मुनाफा राखेर मूल्य निर्धारण गर्ने उल्लेख छ । सो सम्झौता विपरित आईओसीले चर्को मूल्य नेपालीमाथि थोपर्दा समेत नेपाल आयल निगम किन मौन छ ? अर्बौ रुपैयाँका आर्थिक भार नेपाली जनतामाथि थोपर्दा समेत राज्य, आपूर्ति मन्त्रालय र आयल निगम किन बोलिरहेको छैन ? प्रश्न गम्भिर छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी र भारतीय आयल कर्पोरेशन (आईओसी) का अध्यक्ष श्रीकान्त माधव वैद्य

तथ्याङ्कले आईओसीले नेपाल आयल निगमबाटमात्रै मासिक तीन अर्ब रुपैयाँ पेट्रोलमा बढि प्राप्त भइरहेको छ भने डिजेल, ग्याँस र हवाई इन्धन समेतमा जोड्दा मासिक १० अर्बभन्दा बढि घोटाला आयल निगम र आईओसीबीचमा घटाइएको यस काण्डमा देखिएको छ ।

नेपाल आयल निगममा उमेश प्रसाद थानीको नियुक्तीसँगै इन्धनको मूल्यबृद्धि योजनाबद्ध तरिकाले गरिएको देखिएको छ । जिटुजी सम्झौता अनुरुप प्रत्यक्ष रुपमा दुई कम्पनीका बीचमा खरिद बिक्री गर्दा भारतीय कम्पनी आईओसीले अस्वाभाविक मूल्यबृद्धि गरी नेपाल आउने तेल र भारतमा बिक्री हुने तेलमा ३० प्रतिशत मूल्य फरक पारेर नेपाल आउने इन्धनमा बढि मूल्य कायम गरि अर्बौ घोटाला गरिएको छ । यस घोटाला काण्डण्मा काठमाडौंस्थित भारतीय दुताबास, दिल्लीस्थित भारत सरकारसँगकै सेटिङ अर्बौ रुपैयाँ नेपालका नेता, मन्त्री तथा गठबन्धन सरकारमा सहभागी दलहरुलाई भागबण्डा गरिएको छ ।

जनतामाथि यस प्रकारको गम्भिर अपराध गर्ने कार्यमा भारतीय आयल कर्पोरेशनका अध्यक्ष श्रीकान्त माधव वैद्य र नेपालस्थित नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी रहेका छन् ।

 

लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै

आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट

 

 

One thought on “मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*