बजार उकालो लाग्दा आज यी कम्पनीको शेयरमा आयो गिरावट
१५ असार २०७९, बुधबार १५:४०

काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । सबैसूचकमा हरीयली छाँउदा पनि आज यी कम्पनीको शेयरमा गिरावट आएको छ ।
मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर १.९१ प्रतिशतले घटेको हो । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको, नबिल ब्यालेचड फण्ड ३, स्वाभिमान लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेशन, कुमारी इक्पिटी फण्ड, कृषि विकास बैंक, आशा लघुवित्त, प्राईम कर्मशीयल बैंक र युनिलिर्भरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।














