संस्थागत लगानीकर्ताको काम गर्ने संस्था थपिदै, थप ६ कम्पनीलाई बोर्डले दियो स्वीकृति (अनुमति पाउने १०६ कम्पनीको सूचीसहित)

१५ असार २०७९, बुधबार १८:१५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ६ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति प्रदान गरेको छ । योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या १०६ पुगेको छ ।

बोर्डले नबिल ब्यालेन्स्ड फण्ड–३, गौरव नेपाल इन्भेष्टमेन्ट प्रा.लि., पशुपति भेन्चर क्यापिटल प्रा.लि., समृद्धि फाइनान्स, कामना सेवा बैंक र सिद्धार्थ लगानी व्यवस्थापन योजना गरी थप ६ कम्पनीलाई स्वीकृति प्रदान गरेको हो ।

योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन, भावी योजना र रणनीति लगायतको अध्ययन गरी निष्पक्ष ढंगतले धितोपत्रको आशयको मुल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

 

106 Companies

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*