डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता ५०८ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

१६ असार २०७९, बिहीबार ११:२०

काठमाडौं । डिप्रोक्स लघुवित्तले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले १ लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलकबोल पेश गर्नुपर्नेछ ।

यस लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी आवेदन सक्नेछन् ।

उक्त शेयरमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन । लिलामी शेयरको आवेदन असार २४ गते बिहान १० बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*