सिभिल क्यापिटल मार्केटको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट घिमिरे नियुक्त
१६ असार २०७९, बिहीबार १३:३५

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त भएका छिन्।सिभिल बैंकको सहायक कम्पनी सिभिल क्यापिटल मार्केट लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सिभिल बैंक लिमिटेडमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट घिमिरेलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।
सिभिल क्यापिटल मार्केट लिमिटेडको संचालक समितिको १४३ औं बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको हो। एनआईसी एशिया बैंक लिमिटेडबाट बैंकिंङ यात्रा सुरु गरेकी घिमिरे गत माघ महिना बाट सिभिल बैंक लिमिटेडको स्ट्राटेजिक म्यानेज्मेन्ट अफिसमा आबद्ध रहि कार्य गर्दै आएका थिए।













