सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

१९ असार २०७९, आईतवार १०:४८

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बाह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभा साउन ६ गते बस्ने निर्णय गरेको हो ।

सो सभा साउन ६ गते शुक्रबार मिरावल रिर्सोट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १० बजे बस्नेछ ।

उक्त सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जरमा जानको लागि सो सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संचालकको बृद्धि भत्ता समेत बृद्धि गर्ने विशेष प्रस्ताव सभाको रहेको छ ।

यसबाहेक आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७८।७९का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज (बुकक्लोज) असार २७ गते तोकेको छ । यसअनुसार असार २६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*