नेपाल रि इन्स्योरेन्सका कार्यबाहक अध्यक्ष अर्यालको नियुक्ती अबैध ! जनार्दनको सन्की निर्णय सच्याउने कहिले ?

१९ पुष २०७९, मंगलवार ०७:३२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा कार्यबाहक अध्यक्षको रुपमा इश्वरी प्रसाद अर्यालले काम गर्दै आएका छन् । तर, उनको नियुक्तीको वैधानिकताको प्रश्न उठेको छ । यसअघि मन्त्रिपरिषदबाट अध्यक्ष नियुक्त भएका डा. रविन्द्र घिमिरेको राजिनामा मन्त्रिपरिषदबाट स्वीकृत भएको छैन । एउटा अध्यक्षको राजिनामा स्वीकृत नभई गैर कानुनी तरिकाले तत्कालिन मन्त्री शर्माले कार्य बाहक अध्यक्षको जिम्मेवारी अध्यक्ष अर्याललाई तोकेको खुलेको छ ।

तत्कालिन अर्थमन्त्री शर्माले सन्काहा शैलीमा चुनाव सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बेला मंसिर ११ गते टेलिफोनबाटै नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. घिमिरेको राजिनामा माग गरेका थिए । विभागीय मन्त्रीले नै राजिनामा माग गरेपछि सो कुरा भुईमा खस्न नपाउँदै डा.घिमिरेले राजिनामा बुझाईदिए । तर, उनको राजिनामा मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्दछ । नेपाल पुनर्बीमा कम्पनीका अधिकारीले जनाए अनुसार अध्यक्ष डा. घिमिरेको राजिनामा स्वीकृत भइसकेको छैन ।

मन्त्री शर्माले निर्वाचन आचार संहिता लागू भइरहेकै बेलामा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष राजिनामा माग गरेका थिए भने निर्वाचन आचार संहिता लागू भएकै बेला कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेको पाइएको छ ।

आफ्नो १६ महिनो कार्यकालमा भ्रष्टाचार, घुस सेटिङका कारण विवादमा परेका मन्त्री शर्माले हटाएका डा. रविन्द्र घिमिरे मन्त्री शर्माजस्तै २०५२ साल फागनु १ गतेदेखि जनयुद्धमा सहभागी माओवादी नेता हुन् । डा. घिमिरे २०५४ सालदेखि २०५७ सालसम्म जेलमा परेका थिए । गोदावरीमा भएको पहिलो वार्ताको क्रममा सुरेश आलेमगरसँगै रिहा भएका थिए ।

 

 

नैतिकताको कसीमा जनार्दन शर्मा, भ्रष्टाचारीको मतियार बन्दै किन हटाइए नेपाल पुनर्बीमाका अध्यक्ष ?

भ्रष्टाचारीको कुरा सुनेर अर्थमन्त्री जनार्दन शर्माले मागे नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेको राजिनामा

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*