बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२८ असार २०८०, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको पाँचौ अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन २५ अंकले बढेको शेयर बजार आज १२.६२ अंकले घटेर २०८४ को बिन्दुमा कायम भएको छ ।

बिहीबार शेयर बजार घटेतापनि दुुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनएमबि बैंक डिभेन्चर २०८५ र एसबिएल डिभेन्चर २०३४ को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआईबिएल समृद्धि फण्ड, सिटिजन्स म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*